coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालिन्चोक दुर्घटना: ३२ जना नै भक्तपुर आदर्शका

आदर्श चोकको बुद्ध कार्पेट उद्योगमा जानकारीका लागि आएकाहरुसँंग कुरा गर्दै।

भक्तपुर- कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडे नजिक भएको दुर्घटनाका अधिकांश भक्तपुरका रहेका छन्। अधिकांश उनीहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टप आसपास अस्थायी डेरा गरी बसेकाहरु रहेका छन्।

स्थानीयका अनुसार शनिबार बिहान तीन बजे ३२ जनाको टोलीमा उनीहरु आदर्श बस चोकमा भेला भई कालिन्चोक गएका थिए। उनीहरुका अनुसार समूहमा गएका उनीहरु एकजनादेखि धेरैजना परिवारपरिवार मिलेर त्यहाँं गएका थिए।
स्थानीय बुद्ध कार्पेटका प्रोपाइटर बुद्धलक्ष्मी लोहलाका अनुसार तीर्थयात्रामा हिडेका धेरै यात्रुहरु आदर्श आसपासका छन्।

उनीहरु यहाँंका विभिन्न घरहरुमा डेरामा रहेर बसेका थिए। उनले आफ्नै उद्योगमा गलैंचा बुन्नेहरु नै आधा दर्जनमा संख्यामा रहेको जनाइन्। आफनो काराखानमा कार्पेट बुन्ने चारजनाको परिवार पनि त्यसमै परेको उनले सुनाइन्। आफ्नै गलैचा कारखानामा काम गर्ने रेश्मा तामाङको चार जनाको परिवार टोलीमा रहेको उनले बताइन्। आमा रेश्माका साथ छोरीहरु अन्जना, सबिना र रोशनी टोलीमा रहेको उनले जनाइन्।

स्थानीय कान्छीमैया चिकंबञ्जारले आफू पनि जाने अन्तिम तयारीमा रहेको जान नपाएको खुलाइन्। छोराले त्यहाँं हिउँं परेर बाटो चिप्लो छ, गाडीसाडी दुर्घटना होला, जानुपर्दैन भनेर मोबाइलबाट सामाजिक सञ्चालमा बाटोमा हिउँं परेको देखाएर रोकेपछि जान नपाएको उनले सुनाइन्। उनका अनुसार टोलीका अधिकांश यात्रीहरु स्थानीय नेवार समुदाय नभई डेरा गरी विभिन्न कारखानामा काम गर्ने मजदुरहरु छन्।

टोलीमा स्थानीय एउटा स्कुलका दुई जना विद्यार्थी पनि परेका छन्। स्थानीय आदर्श आजाद माविका दुई जना आफना विद्यार्थी सागर तामाङ र अन्जना तामाङ रहेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए। उनका अनुसार दुई जनामध्ये सागरसँंग ब्हिान टेलिफोनमा सम्पर्क भएको थियो।  

शनिबार बिहान तीन बजे आदर्श चोकमा भेला भई उनीहरु कालिन्चोक गएका थिए। बा४ख ४४६८ नम्वरको गाडी रिजर्भ गरी शनिबार बिहान कान्लिान्चोक दर्शन गरी फर्केको उनीहरुको गाडी आइतबार बिहान फर्कने क्रममा सिन्धुपाल्चोकको मुडे नजिक दुर्घटना भएको थियो।

 

 

प्रकाशित: २९ मंसिर २०७६ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App