७ वैशाख २०८१ शुक्रबार
समाज

'चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्'

सिन्धुपाल्चोक - दोलखाको धार्मिक पर्यटकीय स्थल कालिञ्चोक घुम्न पुगेका थियौँ। बसमा धेरै सिन्धुपाल्चोक, जुगल गाउँगालिका–७ याङ्लाकोटका थियौँ। हामी भक्तपुर बस्दै आएका छौँ। शनिबार भक्तपुरबाट कालिञ्चोकका लागि छुट्यौँ। कालिञ्चोक घुम्दा घुम्दै अबेर भयो। राति सिन्धुपाल्चोकको मुडेमा आएर बास बस्यौँ। आइतबार बिहान भक्तपुर लागि हिँड्यौँ।

बसका चालक अलि माथिबाटै स्टेरिङ (ब्रेक) सारो भयो भन्दै थिए। तलतिर अघि बढिरहँदा बसबाट गन्ध आउन थालेको थियो। ब्रेक गन्हाए जस्तो छ त भने ड्राइभरलाई सोध्यौँ। चालकले बल लगाएर स्टेरिङ चलाइरहेका थिए। घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्, सायद सारो भएकैले होला। चालकले स्टेरिङ घुमाउँदा घुमाउँदै बस घुम्तिबाट भिरमा खस्न पुग्यो। बस बल्ड्याङ खाँदै सडकमा पुगेर बजारियो। बस कच्याककुचुक भयो। कुच्चिएको बसभित्रबाट घिस्रिँदै बाहिर निस्केँ। उद्धारकर्ताले तत्काल उपचारका लागि हिडाएकाले दुर्घटना लगत्तैको दृश्य याद भएन।

(सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचाररत बस दुर्घटनाका घाइते सिन्धुपाल्चोक, जुगल गाउँपालिका–७ का धनदोर्जे तामाङसँग गरिएको कुराकानीमा आधारित।)

लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा आइतबार बिहान भएको दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्।

दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको  बा४ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर मोडबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएका हो। उनका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका छन्।

प्रकाशित: २९ मंसिर २०७६ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App