१३ आश्विन २०७७ मंगलबार
समाज

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी! २२ पक्राउ

सुर्खेत- प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। एसपी पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको छ। ‘प्रारम्भीक अनुसन्धानपछि मुद्धा प्रक्रिया सुरु गछौं,’ एसपी पन्तले भने।

प्रकाशित: २८ मंसिर २०७६ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App