१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाज

खोटाङ– खोटाङमा प्रविधिमैत्री शिक्षक समाज गठन गरिएको छ। प्रभास उदासको अध्यक्षतामा २५ सदस्यीय प्रविधिमैत्री शिक्षक समाज गठन गरिएको हो। समाजको उपाध्यक्षमा खेमराज मगर, सविता ढकाल, सचिवमा दुर्गाप्रसाद गुरागाई, सह–सचिवमा चित्रकुमार राई र कोषाध्यक्षमा नविन चाम्लीङ चयन भएका छन्। शिक्षण क्रियाकलापलाई प्रविधिमैत्री बनाएर विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने प्रयासको स्वरुप प्रविधिमैत्री शिक्षक समाजको शाखा विस्तार गरिएको हो।

सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षकलाई संगठित गर्दैै कम्प्यूटर लगायतका प्राविधिक सिप सिक्नदेखि सोही अनुशारको शैक्षिक सामग्री तयार गर्नमा प्रोत्साहित गर्दै कक्षाकोठालाई प्रविधिमैत्री बनाउने अभियानका लागि प्रविधिमैत्री शिक्षक समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष उदासले बताए। शैक्षिक क्रियाकलापलाई प्रविधिसँग जोडेर सामुदायीक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने समाजको लक्ष्य छ।

‘कम्प्यूटरमा साक्षर नभएका शिक्षकलाई साक्षर बनाउनेदेखि कक्षा कोठामा प्रविधिको प्रयोग गर्ने सीप विकासका बारेमा यस समाजले काम गर्छ,’ अध्यक्ष उदासले भने, ‘शिक्षण क्रियाकलापमा प्रविधिलाई कसरी भित्र्याउने, शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोग कसरी गर्ने, शैक्षिक सामग्रीलाई कसरी प्रदर्शन गर्ने, शैक्षिक सामग्रीको निर्माण कसरी गर्नेजस्ता विषयलाई हामी प्राथमिकतामा राखेर काम गर्ने छौँ।’

शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि समाजले ‘प्रविधि सिकौं, प्रविधि सिकाऔं, दक्ष बनौं र दक्ष बनाऔं’ भन्ने नारालाई आत्मसाथ गर्ने जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७६ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App