coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा’

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिकी सभापती सीता नेपाली। तस्बिर : नागरिक

वीरेन्द्रनगर- कर्णालीमा प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा परेको कर्णाली प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष सीता नेपालीले बताएकी छिन्। वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा उनले मानव विकासको पहिलो चरण प्रारम्भिक बालविकासलाई राज्यले ध्यान नदिएको बताइन्।

‘पहिलो पूर्वाधारमा सबैको ध्यान गएको छ,’ उनले भनिन्, ‘पहिलो पूर्वाधार होइन, प्रारम्भिक बालविकास हो।’ भोलि राम्रो बनाउन अहिले नै जग बलियो बनाउनु पर्ने उनको भनाइ छ। प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सरकारले पनि कार्यविधि निर्माण गर्न लागेको उनको भनाइ छ। ‘कार्यविधि अत्यावश्यक छ,’ उनले भनिन्, ‘यसका लागि हामी छलफलमा जुटेका छौं।’

प्रारम्भिक बालविकासलाई महत्व दिएमा भोलि सुखी नेपाली हुन सक्ने उनले बताइन्। प्रारम्भिक बालविकास सम्बन्धी जिम्मेवारी बहन सम्बन्धमा प्रदेश र स्थानीय सरकारको तयारीको अध्ययन निष्कर्ष प्रस्तुत गरिएको थियो। उक्त अध्ययनमा प्रारम्भिक बालविकासका लागि यहाँ पूर्वाधार नभएको उल्लेख गरिएको छ। पूर्वाधारका लागि बजेटसमेत पर्याप्त नभएको रिडाकी सरस्वती दुलालले बताइन्। ‘केही गाउँपालिकाले काम गर्न खोजेका छन्,’ उनले भनिन्, ‘तर त्यहाँ दक्षजन शक्ति र आर्थिक अभाव देखियो।’

प्रारम्भिक शिक्षा र स्वास्थ्यमा सबैको पहुँच नपुगेको स्वास्थ्य महाशाखा प्रमुख वृष शाहीले प्रस्तूत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वास्थ्य, शिक्षामा सबैको पहुँच बढाउनु पर्ने भन्दै आर्थिकरूपमा बलियो हुनु पर्ने उनको प्रतिवेदनमा उल्लेख गरिएको छ। गर्भावास्तादेखि आठ वर्षसम्मकालाई प्रारम्भिक बालविकासको चरण भनिन्छ।

 

प्रकाशित: २७ मंसिर २०७६ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App