१६ चैत्र २०८० शुक्रबार
समाज

आपसी झगडामा एक युवाको मृत्यु

खोटाङ - खोटाङमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ। बिहिबार राति भएको विवादकाक्रममा कुटाकुट हुँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समुहसँग भएको झगडाकाक्रममा टाउकोमा मुस्ली प्रहार हुँदा गम्भीर घाइते भएका रमेशको हलेसीमा क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

घट्नामा संलग्न तीनै जना फरार छन्। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाइएको छ। घट्ना बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको डिएसपी गौतमले बताए। प्रहरीका अनुसार शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल लगिँदै छ।

भूकम्प पुनःनिर्माणको घर निर्माण सम्बन्धी काम गरेर फर्कँदै गरेका रमेश, उनका दाजु अर्जुन र फरार तीन जनाबीचमा बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए। मादक पदार्थ सेवनका कारण झगडा भएको स्थानीयको भनाई छ।

प्रकाशित: २७ मंसिर २०७६ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App