१६ चैत्र २०८० शुक्रबार
समाज

मानव स्वास्थ्यलाई नै असर पार्ने खालका कडा विषादी प्रयोग गर्दै किसान

तरकारीमा विषादी प्रयोग गर्दै एक किसान।

डडेल्धुरा- डडेल्धुरा पहाडी क्षेत्रमा कृषि गर्ने किसानहरुले प्राबिधिक जानकारी बिना नै रसायनिक विषादी प्रयोग गर्ने गरेको पाईएको छ। पाँच दिनसम्ममा बजार पुर्‍याईने फलफुल तथा तरकारीमा यहाँका किसानहरुले ३० दिनसम्म पर्खनु पर्ने खालका कडा विषादी प्रयोग गर्ने गरेको पाईएको हो।

ढुसी नासक, किट नासक, बालीनालीलाई बढाउने हर्माेनलगायतका विभिन्न प्रकारका रसायनिक विषादीहरु मध्ये किसानहरुले ढुसीजन्य रोगमा ब्याक्टेरियल, किटनाशक विषादी प्रयोग गरेको पाईएको बालि संरक्षण प्रयोगशाला कञ्चनपुरले जनायो। यस्ता विषादी प्रयोग गर्नु किसानको अनावश्यक खर्च मात्रै भएको र मानव स्वास्थ्यमा पनि असर पर्ने खालका भएको नायव प्राबिधिक सहायक सत्यराज जोशीले बताए।

यी लगायतका समस्या सामाधन तथा किसानलाई रोग, किराका समस्या पहिचान गरी बालीको औषधी उपचार गर्नुका साथै उन्नत बिउ, सिफरिस मल र सुरुदेखि खेती पद्धती सुधार गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाका वडामा बाली संरक्षण उपचार घुम्ति शिविर आयोजना गर्न लागिएको उनले बताए। सुरुदेखि नै खेती पद्धतीमा किसानले ध्यान नदिँदा उत्पादन लिने क्रममा ठूलो क्षती व्यहोर्नु परेको उनको भनाई छ।

यहाँ प्राय: किसानले आलु खेतीका साथै काउली, बन्दा, टमाटर, रायो लगायतका तरकारी बालीको व्यवसायिक रुपमा खेती गर्ने गरेका छन् भने सुन्तला प्रजातीका फलफुल उत्पादन गर्ने गरेका छन्। किसानलाई आफै रोग चिन्न गार्‍हाे हुने र किसानले एग्रोभेटबाट विषादी किन्दा वास्तविक रोगमा आधारित विषादी नपर्ने अन्य रोगको पनि विषादी पर्न जाने भएकाले किसानको आर्थिक क्षति मात्रै हुने गरेको पाईएको उनले बताए।

वास्तविक रोग पत्ता लगाई विषादी सिफरिस गर्ने र विषादीमा पनि व्यापारीहरुले आफ्नो मुनाफाका लागी चाँडै निको होस भनी कडा खाले मानव स्वास्थ्यलाई नै असर पार्ने खालका सिफरिस गरेको पाईएकाले सुरक्षित खालका विषादी सिफरिस गर्ने र किसानलाई अर्काे वर्ष पनि त्यो रोगबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ  भन्ने बारे जानकारी दिन शिविरको आयोजना गर्न लागिएको उनले बताए।

यहाँका किसानले आलुप्रति निकै आकर्षित भएका छन्। हिउँदे मौसममा गहुँ खेती गर्दै आएका किसानहरु परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै व्यवसायिक आलु खेतीमा लागेको अमरगढी नगरपालिका–७ का लाल बहादुर बोहराले बताए।

व्यवसायिक आलुखेतीको सुरुवात गरेपछि पछिल्लो वर्ष दुई मौैसममा ७५ हेक्टरमा गरिएको आलु खेती यस वर्ष हिउँदे खेतीमा मात्र ६५ हेक्टर क्षेत्रफल बिस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपर जोन परियोजना कार्यान्वयन इकाई कार्यालय डडेल्धुराले जनाएको छ।

 

 

 

प्रकाशित: २६ मंसिर २०७६ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App