४ वैशाख २०८१ मंगलबार
समाज

प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा नहुने

काठमाडाैं- नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय यही मङ्सिर २८ र २९ गते नहुने भएको छ। युनियनले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ।

महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासङ्घमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि होमिनु परेको, प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कानून विरुद्धमा आन्दोलित हुनुपरेको लगायतका कारणले महाधिवेशन प्रभावित भएको युनियनले आज जनाएको हो। 

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गरे। 

अध्यक्ष सिग्देलले अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह गर्दै विविध व्यवधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गरे।

लोकतन्त्रवादी पत्रकारहरूको साझा र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो युनियन। साथै युनियन श्रमजीवी पत्रकार एवं सञ्चारगृहमा कार्यरत कर्मचारीको ट्रेड युनियन हो। रासस

प्रकाशित: २५ मंसिर २०७६ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App