१६ चैत्र २०८० शुक्रबार
समाज

लागूऔषधसहित एक युवक पक्राउ

लागूऔषधसहित पक्राउ परेका उपेन्द्र सदा । तस्बिरः मिथिलेश /नागरिक

लहान- सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका-३ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्ने  लहान नगरपालिका-५ का २२ वर्षीय उपेन्द्र सदा हुन्।

सदाको साथबाट प्रहरीले ३८ थान डाईजेल्याप, ३९ थान नरफिन, ३७ थान फेनारगन गरी जम्मा ११४ एम्पुल लागुऔषध सुइ र ६ थान नाईट्रोजन ट्याब्लेट बरामद गरेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले बताए। पक्राउ परेका सदासङ आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७६ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App