१६ चैत्र २०८० शुक्रबार
समाज

हात्तीको आक्रमणले २ को मृत्यु, ४ घाइते

हात्ती आक्रमणमा घाइतेको उद्धार गर्दैै स्थानीय । तस्बिर सौजन्यः पप्पु गुरुङ

धनगढी– कञ्चनपुरमा वस्ती नजिकैको सामुदायिक वनमा गएका महिलाको समुहलाई हात्तीले आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। महाकाली नगरपालिका–२ का ६ जना महिलाहरु बुधबार बिहानै घर नजिकैको मायापुरी मध्यवर्ती सामुदायिक वनको जंगलमा गएका थिए।

जंगली हात्तीले आक्रमण गर्दा ३८ वर्षीया वसन्ती भट्ट र ५० बर्षिय भुरी देवी वोहराको मृत्यु भएको  कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र बहादुर चन्दले बताएका छन्। २३ वर्षीया सरिता ओझा, ३५ वर्षीया सुनिता विष्ट, ३४ वर्षीया ललिता बोहरा र ३५ वर्षीया उमा साउँद घाइते रहेको उनले बताए।

घाइतेलाई उपचारार्थ भारतको खटिमास्थित अस्पतालमा लगिएको उनले बताए। रातीको समयमा भारतिय जंगलबाट बस्तीमा पसेको हात्ती स्थानीयले धपाएपछि सामुदायिक वनमा पसेको स्थानीयले बताएका छन्। राती बस्तीमा पस्न थालेको हात्तीलाई स्थानीय मिलेर जंगलमा धपाएको स्थानीय दिनेश सार्कीले बताए।

सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका महिलालाई लखेटी–लखेटी हात्तीले आक्रमण गरेको स्थानियले बताएका छन्। हात्तिले आक्रमाण गरेपछि प्रहरीलाई खबर गरेको महाकाली नगरपालिका–२ का वडा अध्यक्ष कमलापती भट्टले बताइन्। 

हात्तीले आक्रमण गरेको जानकारी पाएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले सामुदायिक वनभित्र घाइतेको उद्धार गरेको थियो। ‘एक्लो लामो दात भएको हात्तीले बस्ती नजिकैको सामुदायिक वन क्षेत्रमा महिलामाथि आक्रमण गरेको हो’ स्थानीय खडक रावलले भने– ‘बडो डर लाग्दो दृश्य थियो।’ घाइतेहरुको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पु¥याईएको थियो। हात्तीको आक्रमणबाट मृत्यु भएकाहरुलाई प्राथमिक स्वस्थ्य केन्द्र दोधारामा पोष्टमार्टपछि आफन्तको जिम्मा लगाइएको छ। 

प्रकाशित: २५ मंसिर २०७६ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App