coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थुनुवा छुटाउन रकम असुल्ने पक्राउ

बर्दिया- थुनुवा छुटाउन रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। थुनुवा छुटाउन रकम असुल्ने गुलरिया नगरपालिका–१० कृष्णटोलका ३८ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको अनुसन्धानमा रहेका थुनुवालाई छुटाउन सेटिङ मिलाउने भन्दै थुनुवाका आफन्तसँग रकम माग गरेको थाहा पाएपछि चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए। चौधरीले ६ जना व्यक्तीहरुबाट मुद्दा मिलाइदिने भन्दै ४१ हजार रुपैयाँका दरले २ लाख ४६ हजार रुपैयाँ बुझेको तथ्य भेटिएको  उनको आरोप छ। पक्राउ परेका चौधरीको थपअनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २५ मंसिर २०७६ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App