१६ चैत्र २०८० शुक्रबार
समाज

आगलागीबाट २५ लाखको क्षति

कैलाली- धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ।

गएराति १ बजेर ५० मिनेटको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

विद्युत सर्ट भएर भएको आगलागीबाट झण्डै २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिएको बताइएको छ। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २५ मंसिर २०७६ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App