७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी राईलाई मानवअधिकार पुरस्कार

नागरिककर्मी दमन राईलाई मंगलबार इलाममा छैटौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार प्रदान गरिँदै । तस्बिर: भीम/नागरिक

इलाम– छैटौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार खोटाङस्थित नागरिककर्मी दमन राईलाई प्रदान गरिएको छ। हरेक वर्ष विश्व मानवअधिकार दिवस अवसरमा प्रदान गरिने १ नम्बर प्रदेशस्तरीय पुरस्कार यो वर्ष राईलाई प्रदान गरिएको हो। 

मानवअधिकार संरक्षणमा कलम चलाएवापत् मानवअधिकार मञ्च नेपालले राईलाई मंगलबार सदरमुकाममा आयोजित समारोहमा पुरस्कार प्रदान गरेको छ। जिल्ला समन्वय समिति गणेशप्रसाद बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलगायतले राईलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरे। नेपाल पत्रकार महासंघ खोटाङ शाखाको दोस्रो कार्यकालको अध्यक्ष रहेका पत्रकार राई २०७० सालदेखि नेपाल रिपब्लिक मिडियामा आबद्ध छन्। 

पुरस्कार वितरण समारोहका वक्ताले राजनीतिक र नागरिक अधिकारको लडाइँपछि अब नागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउने बेला आएको औंल्याए। विश्वमा शक्तिशाली राष्ट्रले मानवअधिकारको आवरणमा गरिब र साना राज्यमाथि अधिकार जमाउने कसरत भइरहेको भन्दै सहभागीले मानवअधिकारकर्मी र पत्रकारले निरन्तर खबरदारी गर्नु आवश्यक रहेको विचार व्यक्त गरे। यसअघि इलामका पत्रकार सटेन्द्र जबेगू र कोकिला ढकाल, झापाका चन्द्र भण्डारी र पर्वत पोर्तेल तथा विराटनगरका पत्रकार यज्ञ शर्माले यो पुरस्कार पाइसकेका छन्।

प्रकाशित: २४ मंसिर २०७६ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App