१६ चैत्र २०८० शुक्रबार
समाज

राजधानीमा विरोध प्रदर्शन

काठमाडौं- नेपाल मानव अधिकार संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा संगठनले राजधानीको माइतिघरमा प्रदर्शन गरेको हो। संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घाण्टा प्रदर्शन र धर्ना गरिएको बताए।

द्वन्द्व पीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने उहाँले बताए।

विभिन्न कार्यक्रमहरुको आयोजना गरि ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस राजधानी लगायत देशभरी मनाईंदैछ। 

प्रकाशित: २४ मंसिर २०७६ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App