७ वैशाख २०८१ शुक्रबार
समाज

सञ्चारकर्मी लम्साल डाक्टर अम्वेडकर अवार्डवाट सम्मानित

काठमाडौं – सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्। भारतीय संविधान निर्माता डा. अम्वेडकरको नामबाट स्थापित सो अवार्डबाट सञ्चारकर्मी लम्साल सम्मानित भएकी हुन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेको हो।

जातीय विभेदको अन्त्य र महिला सशक्तीकरणमा योगदान पुर्याएबापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ। जातीय विभेदविरूद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेद विरूद्धको अभियान समेत चलाइरहेकी छन्।

कार्यक्रममा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन्। अग्रज समाजसेवी गौचन एकल महिला समूह, म्याग्दीकी अध्यक्ष हुन्। यसैगरी समाजसेवी सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रीय सामाजिक न्यायमन्त्री एवं राज्यसभा सांसद् डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।

प्रकाशित: २४ मंसिर २०७६ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App