coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कार आरोपी ८ वर्षपछि पक्राउ

उदयपुर- युवतीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका उदयपुरका एक युवा ८ वर्षपछि सोमबार पक्राउ परेका छन्। ०६८ सालमा त्रियुगा नगरपालिका १३ बरुवाखोलामा जवरजस्ती गरी फरार रहेका त्रियुगा ३ का ३७ वर्षीय रामबहादुर विक पक्राउ परेका हुन्।

प्रहरीको फरार सूचीमा रहेका विकलाई खोजी गर्ने क्रममा त्रियुगा १३ असारीनजिकैबाट सोमबार मध्यान्ह १२ बजे पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। घटना घटाएपछि गाउँ छाडेर भागेका विक केही समययता गाउँघरमै लुकिछिपी बस्ने गरेको सुराकी पाएपछि खोजी कार्य थालिएको थियो।

जिल्ला अदालतले पठाएको फरार सूचीका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्ने क्रममा विक पनि पक्राउ पर्न सफल भएको प्रहरीले जनाण्एको छ। विकमाथि अदालती निर्णयअनुसार कारवाही हुने एसपी मगरले बताएका छन्।

प्रकाशित: २३ मंसिर २०७६ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App