coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

इलामको सूर्याेदय नगरपालिका–५ मा सोमबार होमस्टेमा भएको आगलागी नियन्त्रण गर्दै स्थानीय। तस्बिरःसामाजिक सञ्जाल

इलाम- सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

भुइँतल्लाबाट सुरु भएको आगोले तामाङको ३ तल्ले घर पूर्ण रूपमा क्षति भएको छ। अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष स्थानीय रुद्र घिमिरेकाअनुसार माथिल्लो तल्लाको केही सामान निकाल्न पाएपनि भुइँतल्लाको सबै सामान जलेर नष्ट भएको हो। ‘घरको माथिल्लो तल्ला काठबाट निर्मित भएकाले पूर्ण रूपमा जलेको छ,’ उनले भने, ‘तल्लो तल्ला सिमेन्टको भएपनि आगोको असरले काम नलाग्ने भएको छ।’ स्थानीयको सक्रियतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

तामाङको घरमा दशकदेखि होमस्टे सञ्चालनमा थियो। अहिले उनको होमस्टेमा एक पटकमा २२ जनासम्म पाहुना अटाउन सक्थे। पशुपतिनगर इलाका प्रहरी कार्यालयका अनुसार आगलागीबाट २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। करिब १५ किलोमिटरमा रहेको फिक्कलबाट वरुणयन्त्र घटनास्थल पुग्दा स्थानीयले आगो नियन्त्रण गरिसकेका थिए।

 

प्रकाशित: २३ मंसिर २०७६ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App