coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका बलात्कार आरोपमा फरार युवक पक्राउ

मकवानपुर- बालिकालाई जवर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा फरार एक युवकलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ। मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिका–६ का २२ वर्षीय मुन्ना स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्याङतानलाई आईतबार पक्राउ गरेको हो । बागमती गाउँपालिका ३ स्थित कुन्ती भकारीबाट स्याङतानलाई पक्राउ गरी अनुसन्धान र कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

असार ३ गते ४ वर्षीया बालिकालाई स्याङ्तानले करणी गरेको भन्दै बालिकाको आफन्तजनले साउन १३ गते प्रहरीमा उजुरी दिएका थिए। तर उनी फरार भएकाले उजुरी आएपछि खोजि कार्यलाई प्रहरीले तिब्रता दिएको थियो।

प्रकाशित: २२ मंसिर २०७६ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App