८ वैशाख २०८१ शनिबार
समाज

लमजुङमा बस खस्दा एकको मृत्यु, ६ घाइते

पोखरा– लमजुङको पाउदीमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।  लमजुङबाट गोरखातर्फ जादै गरेको ग १ ख ५६९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउदीको ओरालोमा अनियन्त्रित भई पाउँदीखोलामा खसेको हो।

उक्त दुर्घटनामा अन्दाजी ३०/३५ वर्षकी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मृतकको सनाखत हुन सकेको छैन्। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुमध्ये पाँच जनालाई उपचारका लागी चितवन पठाइएको छ। एक जनाको कर्मदा अस्पताल सुन्दरबजारमा उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरीएको प्रहरीले जनाएको छ। घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ। 

प्रकाशित: २२ मंसिर २०७६ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App