coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय तहमा नाम मात्रैका विषयगत शाखा

विषयगत शाखामा कर्मचारी अभाव भएको पाटन नगरपालिका कार्यालय । तस्बिरः बिरा/नागरिक

बैतडी- कर्मचारी अभावमा बैतडीका स्थानीय तहका विषयगत शाखा नाम मात्रैका भएका छन्। विषयगत शाखामा कर्मचारी नहुँदा नाम मात्रैका शाखा भएका हुन्। स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसक्दासमेत स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य पालिकामा कर्मचारीको अभाव छ।

स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको स्थानीय तहले बताएका छन्। साबिकका कार्यालयबाट पाउने सेवा समेत पाउन नसकेको  स्थानीयको गुनासो छ।

गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायतका शाखा कर्मचारी विहिन रहेका सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए। पाटन नगरपालिकामा पनि विषयगत शाखामा काम चलाउ मात्रै कर्मचारी रहेका र केही शाखा कर्मचारी विहिन रहेका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराले बताए।

जिल्लाको मेलौली नगरपालिकामा पनि शिक्षा, कृषि, पशु, घरेलु, महिला तथा बालबालिका शाखा कर्मचारी विहिन छन्। जिल्लाको शिवनाथ गाउँपालिकाका पनि विषयगत शाखामा कर्मचारीको अभाव रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

यस्तै पञ्चेश्वर गाउँपालिकाका विषयगत शाखा पनि कर्मचारी विहिन छन् । दोगडाकेदार गाउँपालिकाका पनि अधिकांश विषयगत शाखा कर्मचारी विहिन रहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। यस्तै पुर्चौडी नगरपालिकाका अधिकांश विषयगत शाखामा कर्मचारीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती हुने गरेको छ।

जिल्लास्थित कार्यालयले प्रभाव गर्दै आएका सरकारी सेवा स्थानीय तहमा गएपछि स्थानीय तहमा कर्मचारी अभाव हुँदा समस्या भएको जिल्ला समन्वय समिति संयोजक सिद्धराज भट्टले बताए।

प्रकाशित: २२ मंसिर २०७६ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App