१६ चैत्र २०८० शुक्रबार
समाज

६ विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौं - तीन महिने निमित्त उपकुलपतिहरूको म्याद मंसिर ६ गतेदेखि सकिएसँगै मुलुकका ६ वटा विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन्। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

भदौ ६ गते सातवटा विश्वविद्यालयका उपकुलपतिहरूको चार बर्से कार्यकाल सकिएपछि कुलपति एवं प्रधानमन्त्रीले ती विश्वविद्यालयहरूमा तीन महिने निमित्त उपकुलपति नियुक्त गरेका थिए। यसैबीच सरकारले कात्तिक १८ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटालाई चार बर्से कार्यकालका लागि नियुक्त ग¥योे। त्रिविबाहेक अन्य विश्वविद्यालयमा उपकुलपति छनोट गर्न शिक्षामन्त्रीकै संयोजकत्वमा सर्च कमिटी गठन गरियो। तर सर्च कमिटी गठन भएको लामो समय बितिसक्दा पनि उपकुलपति छनोट हुन सकेका छैनन्।

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

यसअघि सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा रेक्टर सुधा त्रिपाठी, नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा रेक्टर रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको निमित्त उपकुलपतिमा डिन शारदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डिन बिजुकुमार थपलियालाई तोकेको थियो।

नेपाल संस्कृत विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मा पाएका रेक्टर प्राध्यापक ढकालले आफ्नो तीन महिने कार्यकाल सकिएसँगै विश्वविद्यालयका काम प्रभावित भएको बताए। ढकालका अनुसार तीन महिनामा उनले सभा बोलाए र बजेटमात्र पास गराए तर प्राज्ञिक कामहरू भएका छैनन्। ‘विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद् नै रिक्त छ,’ शिक्षाअध्यक्ष ढकालले नागरिकसँग भने, ‘शिक्षा मन्त्रालयले निवेदन माग गरेकोमा मैले पनि उपकुलपतिको योग्य उम्मेदवारको दाबीसहित निवेदन दिएको छु।’ ढकालका अनुसार विश्वविद्यालयहरूमा शैक्षिक, प्राज्ञिक र प्रशासनिक निकास दिन उपकुलपतिको नियुक्ति छिटो गर्नुपर्छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वटै विश्वविद्यालयहरूमा सर्च कमिटीद्वारा उपकुलपति छनोट गर्न नसकेपछि इच्छुकसँग आवेदन माग ग¥यो। त्यसपछि उपकुलपतिका लागि दुई सय ५० वटा निवेदन परेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। आवेदनअनुसार मन्त्रालयलयले उपकुलपति छनोटको काम अघि बढाएको उनको भनाइ छ।
मन्त्रालयको उच्चशिक्षा महाशाखाले आवेदन मागेको थियो। उच्चशिक्षा महाशाखा प्रमुख रामशरण सापकोटाले ६ वटै विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त निवेदनमाथि छलफल गर्न महाशाखाले सम्बन्धित सर्च कमिटीमै निवेदन पठाइदिएको बताए।

‘आन्तरिक रोस्टर बनाउन निवेदनमाथि छलफल भइरहेको छ। उपकुलपति छनोटका लागि मापदन्ड बनाउने काम भइरहेको छ,’ महाशाखा प्रमुख सापकोटाले भने, ‘मन्त्रीज्यू त्यसमाथि नै काम गरिरहनु भएको छ। विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको टुंगो छिटै लाग्छ।’

 

प्रकाशित: २२ मंसिर २०७६ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App