८ वैशाख २०८१ शनिबार
समाज

विदेशीसहित भरियाको मृत्यु

पोखरा- गण्डकी प्रदेशअन्तर्गत छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ। हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार सो होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरी को मृत्यु भएको हो।

त्यसैगरी गोरखा, चुमनुब्री गाउँपालिका १ साम्दोस्थित होटलमा बास बसेका एक भरियाको पनि मृत्यु भएको छ। फ्रान्सेलीको भारी बोकी गएका गोरखा, धार्चे गाउँपालिका वडा नं ४ का २७ वर्षीय टिसबहादुर गुरुङको चिसोको कारण लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०७६ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App