७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

रौतहट- रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।  

गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको पतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगे। हेल्थ चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेका थिए।

सिंहले महिलालाई चरम यातना दिएर बलात्कारको शिकार बनेकी महिला मंसिर १९ गते मकवानपुर पुगेर विभिन्न महिला अधिकारवादी संघ संस्थाको सहयोगमा मकवानपुर प्रहरीलाई आफुमाथि भएको घटना विवरण सुनाएपछि मकवानपुर प्रहरीको सहयोगमा पिडित महिला जिल्ला प्रहरी कार्यालय रौतहटमा आएर घटनाको विषयमा जानकारी दिँदै दोषि सिंहमाथि कडा कारवाहीको लागि जाहेर दर्ता गराएका छन्।

पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन्। पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दातको निजि क्लीनिक सञ्चालन गरी डाक्टरसमेत लेख्ने गरेका छन्।   

प्रकाशित: २१ मंसिर २०७६ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App