७ वैशाख २०८१ शुक्रबार
समाज

आफै गाडी चलाएर पुगे पुर्वराजा ज्ञानेन्द्र कपिलवस्तु महोत्सव

कपिलवस्तु– पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवस्तु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्वस्थल पुगेका थिए। आफैं गाडी चलाएर उनी गोरुसिंगे हुँदै महोत्सव आएका हुन्।

महोत्सव स्थलमा करिब १० मिनेट बिताएका थिए। उनलाई महोत्सवका बिषयमा आयोजक संस्था बाणगंगा बेयफेष्यर सोसाईटीका अध्यक्ष राज कुमार खाडले जानकारी गराएका थिए। महोत्सवको अवलोनका गर्न ज्ञानेन्द्र आउनेबारे प्रचार प्रसार गरिएपछि दिउँसो एक बजेदेखि नै महोत्सवस्थल अघि जिल्लाबासीको ठुलो भीड लागेको थियो। सुरुमा २ बजे आउने जनाईको थियो। त्यही बाटो भएर दिउँसो ३ बजेतिर गए पनि त्यहाँ नरोकी सिधै गोरुसिंगेको पशुपति मन्दिरमा पुगको थिए। त्यहाँबाट फर्किएपछि ज्ञानेन्द्र महोत्सवमा गएका थिए।

उनी महोत्सवको अवलोकन गरेपछि रौनक थपिएको आयोजक संस्थाका सचिव दिनेश क्षेत्रीले बताए। आफुहरुलार्इृ पुर्वराजा ज्ञानेन्द्रले महोत्सवको सफलताको शुभकामना दिएको क्षेत्रीले बताए। ‘त्यही बाटो भएर जाँदा महोत्सवमा नपसी सिर्धै गोरुसिंगे जाँदा जनता निराश भएका थिए। तरपछि छोटो सयमका लागि महोत्सवमा आए पनि जनता उत्साही भएका थिए’ उनले भने।

पुर्वराजाको स्वागतमानेपाली झन्डा र व्यानरसहित हजारौं जनता सहभागी थिए। उता शुक्रबार दिउँसो गोरुसिंगेस्थित पशुपति मन्दिरमा ४५ मिनेट पुजाअर्चना गरेका थिए। गोरुसिंगेमा करिब आधा किलोमिटर पैदल यात्रा गरी पुर्वराजा ज्ञानेन्द्र पशुपति मन्दिर पुगको थिए। गोरुसिंगेमा गाउँगाउबाट आएका जनताको १२ बजेदेखि नै ठुलो भीड लागेको थियो। गोरुसिंगेमा पुर्वराजा ज्ञानेन्द्रको दर्शन र स्वागतका लागि १५ हजार बढी जनताको भीड लागेको जिल्ला संयोजक तथा राप्रपा नेता भीष्म बन्जाडेले बताए। गोरुसिंगेमा राजाको पक्षमा जनताले नारासमेत लागएका थिए। पुर्व राजा ज्ञानेन्द्र शुक्रवार साझ नै भैरहवा फर्केका छन्।

गत मंसिर १५ गते भैरहवा आएका उनले रुपन्देही, पाल्पा, कपिलस्तु केन्द्रित धार्मिक यात्रा गरेका छन्। शनिबार यात्राको अन्तिम दिन नवलपरासीको पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिले जनाएको छ। २०६४ साल पछि पुर्वराजा जिल्ला आएका हुन्।

प्रकाशित: २० मंसिर २०७६ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App