४ वैशाख २०८१ मंगलबार
समाज

‘सिडिओले प्रत्येक तारेखमा एक लाखका दरले घुस असुल्थे’

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल।

दोलखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल जिल्लामा कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेर असुली गर्थे। कार्यालय प्रमुख र मुद्दाका पक्षधर उनको निरन्तर निशानामा पर्थे।

विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडा थाहा पाए लगत्तै गत असोजमा मौखिक आदेशमा जिल्ला प्रशासन झिकाएका रिजालले ती दुई कर्मचारीबाट ४ लाख रुपैयाँ रकम असुलेको आरोप विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले लगाए। पहिलो पटक प्रशासनमा झिकाउँदा ती पुरुष कर्मचारीलाई दुबै पटक तारेखमा डाकेका रिजालले प्रत्येक तारेखमा १ लाखका दरले ४ लाख असुलेको उपाध्यक्ष ओलीले बताए।

तेस्रो तारेखमासमेत बोलाइएपछि आफुहरु सिडिओ लामिछानेले निरन्तर रकम मागेर आफुहरुलाई पिडित बनाएको बताएपछि विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली र जिल्लाका केही जनप्रतिनिधि असोज तेस्रो साता गृहमन्त्री रामबहादुर थापा (बादल)को कार्यकक्षमा डेलिगेसन गएका थिए। थापाले त्यतिबेला सिडिओ रिजाललाई कारवाही गर्ने आश्वासनसमेत दिएका थिए।

प्रकाशित: २० मंसिर २०७६ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App