coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलेसिया पुगेको चार महिना नबित्दै युवाको मृत्यु

मलेसियामा मृत फेला परेका टंकबहादुर सार्की। तस्बिर: नागरिक

खोटाङ– मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत सार्की बुधबार सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र विष्टले बताए।

वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको मृत्युको कारण भने खुलेको छैन। सार्कीको मृत्यु भएपछि श्रीमती र पाँच जना नाबालक छोराछोरी विचल्लीमा परेका छन्।

उनको शव नेपाल ल्याउने तयारी भइरहेको कांग्रेस नेता रहेका बिष्टले बताए।

 

प्रकाशित: १३ मंसिर २०७६ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App