coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अब्बल एसपी साहव : प्रहरीको मेहनतले सुरक्षामा सफलता

बर्दिया – ‘कति एसपी साहब आए , कति गए । सबैले आफ्नो–आफ्नो तरिकाले सुरक्षा दिनलाई तल्लिन भएर काम गरे’गुलरिया बजारका स्थानीय मैताव ऐराकि भन्छन,‘त्यसैकारण जिल्लामा सुरक्षा फितलो भएको महशुस अहिले सम्म भएको छैन ।’ तर, प्रहरीले अवलम्बन गरेको नितीले अपराध नियन्त्रण देखिएको सुरक्षा छनकले स्थानीयले प्रहरीको मुक्तकन्ठले प्रशंसा गर्न बाध्य भएको उनले सुनाए ।

सुरक्षा सुर्धान नयाँ तरिका अवलम्बन गरेपछि नयाँ प्रहरी प्रमुख राजेशनाथ वास्तोलाको सीमावर्ती बजारमा चर्चा अधिक हुन थालेको छ । सरुवा भएर आएको एक साता भित्रमा उनले राजश्व छलेर नेपालमा चल्ने दर्जन बढि सवारी साधन नियन्त्रणमा लिएका थिए । त्यसमध्यमा चोरिको हुन सक्ने आंशका राजश्व कार्यालय बुझाएर काम कारबाहि सुरु गरेको प्रहरीले सीमावर्तीमा बजारमा पकड जमाएको छ । त्यसयता लागुऔषध बरामद, राज्य विरुद्धका संघर्ष गरिरहको विप्लव समूह र फरार प्रतिबादी पक्राउ गर्न प्रहरी सफल भइरहेको छ ।

प्रहरीको रेकर्डमा ५८ किला चरेस ,१४ ग्राम लागु औषध र विप्लब समूहको जिल्ला ईन्चार्ज सहित १० जना र २० जना फरार प्रतिबादीलाई पक्राउ गरि कारबाही अघि बढाएको छ ।  

८२ किलोमिटर खुला सीमानामा हुने अपराध नियन्त्रणमा प्रहरीको  पहुँच बढाएसँगै बजारमा प्रहरी प्रमुख वास्तोला सिंघम फिल्म नायक बाजिराव सिंघमसँग तुलना हुन थालेको छ । सिंघम फिल्ममा एक प्रहरी अधिकृतको ईमान्दारिता र बहादुरीको बखान गरिएको छ । सरल मिजास र कानुन कार्यान्वयनको क्रममा कडाईका साथ प्रस्तुत हुने एसपी वास्तोलाको  बिशेषताले यँहाका सर्वसाधरण सिंघमा फिल्ममा नायकको बखान गरेजस्तै सीमावर्ती बजारमा उनको बखान हुन  थालेको छ।

फिल्मका नायक अजय देवगनले आफ्नो कार्य क्षेत्रमा एक कर्तब्य निष्ठ प्रहरी निभाउँन पर्ने भन्ने कथामा समेटेको छ । त्यस्तै एसपी वास्तोलाको नेतृत्वमा जिल्लामा कार्यरत बर्दिया प्रहरीको  सुरक्षा संयन्त्रको बारेमा पुरै जिल्लामा यस्तै यस्तै खाले चर्चा हुन थालेको छ ।

सुरक्षा प्रत्याभूति दिलाएसँगै सीमा अपराध (लागु औषध,राजश्व चुहावट,मानव बेचविखन) मा चनाखो र ईमान्दारीका साथ काम गरिरहेको स्थानीय समिम अन्सारीले बताए ।‘प्रहरी आफ्नो काम गर्छन’उनले भने,‘तर,सुरक्षा सुर्धान रणनितिक योजना खटिएको प्रहरीले ईमान्दारिता पूर्वक काम गरेकाले आम मानिसले सुरक्षाको महुसुश गरेको हो ।’ वास्तोलाको आगमनसँगै राम्रो काम गर्ने उनको पक्षमा उभिएका छन् भने तस्करहरु भने बिपक्षमा देखिन्छन् । कतिपय उनको सरुवा गर्न दौडधुपमा लागेको तितो यर्थाथ पनि छर्लङ्ग छ ।

प्रहरीले काम खोज्दै हिँडेकाले सफलता हात पार्दे गएको उनले बताए ।‘प्रहरी सुतेर बसेर हुदैन,सुरक्षा पाटोसँग सम्बन्धित केहि न केहि गतिबिधि संलग्न हुन पर्छ’उनले भने,‘सरुवा गर्देलान भन्ने त्रासमा होईन,ईमान्दारितको साथ काम गरे प्रहरी सधै अब्बल हुन्छ ।’ईमान्दारितका साथ कर्तव्य निष्ठ भए मात्र आम मानिसको भावनामा समेत प्रहरीको कदर हुने उनले बताए ।

प्रकाशित: १० मंसिर २०७६ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App