coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एकराते थुममा मन्दिर

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ को कारागारनजिकै डाँडामा नीलकण्ठेश्वर महादेव मन्दिर निर्माण गरिएको छ। स्थानीय श्रीपाली सुयल थापा क्षेत्रीको अगुवाइमा १२ लाख ५० हजार ३ सय ९५ रूपैयाँ लागतमा थामखोरे डाँडा र कारागारबीच पर्ने एकरातेमा मन्दिर निर्माण गरिएको हो।

थुम–थुममा राज्य भएको बेला एक राजाले एक रात बास बसेको आधारमा ‘एकराते’ भनेर चिनिने डाँडामा निर्माण गरिएको सो मन्दिरको शनिबार कांग्रेस नेतृ एवं संविधानसभाकी पूर्वसदस्य सरस्वती बजिमयले उद्घाटन गरेकी छन्। २०६६ साल चैतमा शिलान्यास भएको सो मन्दिर पूरा गरी उद्घाटन गरिएको अगुवाइ गर्दै आएका निर्माण उपभोक्ता समिति अध्यक्ष गजेन्द्र थापाले बताए।

मन्दिर निर्माणका लागि साविकको दिक्तेल–६, बाम्राङ–७, ८ र ९ का ५४ जना दाताबाट ९ लाख २० हजार ४ सय १३ रूपैयाँ प्राप्त भएको र बाँकी ३ लाख २९ हजार ९ सय ८२ रूपैयाँ ऋण लागेको निर्माण समितिले जनाएको छ। मन्दिर निर्माण भएपछि धार्मिक अनुष्ठानबाहेक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताए। सडकनजिकै पर्ने भएकाले नीलकण्ठेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लाग्ने स्थानीयको अपेक्षा छ।

मन्दिरका लागि श्रीपाली सुयल थापा सेवा समाज काठमाडौंले शिवको मूर्ति र बसाहा, समाजसेवी प्रेम थापाले गजुर, माया थापाले एक जोडी पानस, केदार थापाले घण्ट र शंख उपलब्ध गराएको समितिले जनाएको छ। २०६६ सालमा फाउन्डेसन गरेर चार पिलर मात्र ठड्याएको मन्दिरलाई झन्डै नौ वर्षपछि पूरा गरिएको हो।

 

प्रकाशित: ८ मंसिर २०७६ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App