४ वैशाख २०८१ मंगलबार
समाज

९६ विद्यार्थीलाई पोशाक वितरण

पोशाक वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत । तस्बिरः नागरिक

खोटाङ– जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले स्वर्गीय बाबुको सम्झनामा ९६ छात्र/छात्रालाई पोशाक वितरण गरेका छन्। फुटबल म्याच हेरिरहेको अवस्थामा चट्याङ पर्दा २०७३ साल बैशाख ११ गते ज्यान गुमाएका बाबु जगतबहादुर राईको सम्झनामा अध्यक्ष राईले केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित सप्तेश्वर आधारभुत विद्यालयका छात्र/छात्रालाई पोशाक वितरण गरेका हुन्।

सप्तेश्वर नै घर भएका राईले गाउँकै विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई एक÷एक सेट ट्र्याकसुट र टि–सर्ट वितरण गरेका हुन्। शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालको हातबाट पोशाक वितरण गरेको अध्यक्ष राईले बताए। 

केपीलासगढी गाउँपालिकाको बाक्सिला फुटबल मैदानमा बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगीता सञ्चालन भइरहेको अवस्थामा चट्याङ पर्दा जगतबहादुरको घट्नास्थलमै मृत्यु भएको थियो। सो चट्याङबाट फुटबल प्रतियोगीता हेरिरहेका १२ जना दर्शक गम्भीर घाईते भएका थिए।

प्रकाशित: ६ मंसिर २०७६ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App