coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मनपरी भाडादर रोक्दै स्थानीय सरकार

जुम्लाको पातारासी गाउँपालिका: नागरिक

जुम्ला - जुम्लाको पातारासी गाउँपालिकाले सवारी साधनमा मनपरी भाडा रोक्न नयाँ भाडा दर निर्धारण गरेको छ।  नयाँ भाडादर अनुसार पहिलेको भाडाभन्दा दोब्बर कम भाडा तिरेर स्थानीयले यात्रा गर्न पाउने छन्।  जुम्ला विमानस्थलदेखि उथ्रूचौतारासम्म एक सय रुपैयाँ भाडा अशुल्ने गरेकोमा अहिले ५० रुपैयाँ भाडा तोकिएको छ।

यो सडकमा अस्थायी रुट प्रमिट लिएर सवारी सञ्चालन भइरहेका छन्। उथ्रूचौतारादेखि लासीसम्म एक सय रुपैयाँ भाडा लिदै आएकोमा ५० रुपैयाँ र  उर्थु्रचौताराबाट लुमसम्म एक सय २० रुपैयाँ भाडा लिदै आएकोमा ८० रुपैयाँ भाडा निर्धारण गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए। उनका अनुसार उर्थुचौतारा भन्दामाथि चल्ने सवारीले रुट प्रमिट लिइएका छैनन्।

उथ्रूचौतारादेखि चौरखोलासम्म दुई सय रुपैयाँ भाडा लिदै आएकोमा एक सय र  उर्थु्रचौतारादेखि तल्फी र पेरेसम्म ३० सय रुपैयाँ भाडा लिदै आएकोमा एक सय ८० रुपैयाँ कायम गरिएको हो।   जुम्ला एयरपोर्टबाट पेरे गाउँसम्म १ सय ८० रुपैयाँ निर्धारण गरियो। उर्थुसम्म रुट प्रमिट छ। त्यहाँभन्दा  पातारासी गाउँपालिकाले नयाँ गाडी भाडा दर निर्धारण गरेको छ । सदरमुकाम खलंगाको एयरपोर्टबाट विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने गाडीको नयाँ भाडादर कायम गरिएपछि स्थानीयले राहतको अनुभव गर्न थालेका छन्।

सेवा दिने नाममा सवारी धनीले मनपरी भाडा असुुल्न थालेपछि स्थानीयले नयाँ स्थानीय अनुकुलको भाडा निर्धारण गर्न स्थानीय सरकार समक्ष माग राखेका थिए। स्थानीय सरकारले यातायात समिति, स्थानीय प्रशासन र गाउँपालिकाबीच समन्वय गरेर नयाँ भाडादर कायम गरेको हो। सदरमुकाम खलंगाको जुम्ला विमानस्थलबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनमा व्यवसायीले यात्रुबाट मनोमानी भाडा लिने गरेका थिए। 

गाउँपालिकाले निर्धारण गरेको दर बमोजिम नयाँ भाडा कायम गरेको हो। यसअघि वर्षाका कारण बिग्रीएको सडकमा जोखिम पूर्ण तवरले यातायात संचालन गर्ने निहुँमा व्यवसायीले चर्को भाडा लिदै आएका थिए।  गाउँगाउँमा सडक पुगिसकेको बेला व्यवसायीले गरिरहेको बदमासीले नकरात्मक असर पारेको बताउँदै गाउँमा यातायात सेवा पुगेको अनुभूति हुने खालेको भाडादर कायम गरिएको उनले बताए।

 पातारासी गाउँपालिकका अध्यक्ष लछिमन बोहोराले नयाँ भाडादर कायम गराउने निर्णय कार्यन्वनयमा आइसकेको बताए। उनले भने,‘सस्तो सुलभ तरिकारले यात्रुले सदरमुकाम खलंगासम्म आउजाउ गरुन भन्नका लागि नयाँ भाडादर कायम गरिएको हो। अब अर्को भाडादर नआउदा सम्म यो भाडादर अनुसार यातायात सेवा सञ्चालनमा आउने छ। बीचमा भाडादर उलङघन् गरेको भेटिएमा कानुन बमोजिम कार्वाही हुने प्रतिक्रिया दिए।

सवारी साधनले मनपरी भाडा अशुलेको भन्दै नयाँ भाडादर कायम गरी जनतालाई आवतजावतमा सहज बनाउन पहल गर्ने जुम्लाको पहिलो गाउँपालिका पातारासी नै हो।

प्रकाशित: ५ मंसिर २०७६ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App