८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

उदयपुर- उदयपुरको कटारीकी एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। दुई दिनअघि कटारी नगरपालिका ३ का रामनारायण दास सवार स ९ प २०७ नं.को मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी कटारी ३ हडैयाकी ३ वर्षीया जिज्ञासा अधिकारी दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

सोमबार साँझ ५ बजे सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी खण्डको हडैयामा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी दनुवारलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारार्थ बिराटनगर लगिएको थियो। बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

मोटरसाइकल र चालक दासलाई इप्रका कटारीमा नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ भने मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ।

प्रकाशित: ४ मंसिर २०७६ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App