८ वैशाख २०८१ शनिबार
समाज

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

स्थानीयले घरको फोहोर त्यहीँ थुपार्ने गरेको सर्वसाधारण बताउँछन्। फोहोर थुप्रिँदा दुर्गन्धले हिँड्नै सकस भएको पैदलयात्रु युवा नाथ काफ्लेले बताए।

वडाअध्यक्ष नारायणबहादुर केसीले फोहोर थुप्रिएको देख्दा पनि चासो नदिएको स्थानीयको भनाइ छ। वडाअध्यक्ष केसी भने स्थानीयका कारण फोहोर थुप्रिएको दाबी गर्छन्।

स्थानीयले फोहोर फ्याक्ने गरेकाले थुप्रिएको वडाअध्यक्ष केसीको भनाइ छ। ‘त्यसलाई नियन्त्रण गर्न ब्यानर राख्यौं। तर, रोकिएन। त्यसपछि गार्ड राख्यौं। तैपनि रोकिएन,’ उनले भने। स्थानीयले गार्डलाई फोहोर फाल्न नदिने भन्दै धम्की दिने गरेको उनले बताए। उनले फोहोर व्यवस्थापनका लागि दैनिक रूपमा गाडी पठाउने बताए।

प्रकाशित: ४ मंसिर २०७६ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App