६ वैशाख २०८१ बिहीबार
समाज

डिजेल बाेकेकाे ट्यांकर अपहरणः चालक भन्छन् 'बर्दिबासमा मलाई ओरालेर उनीहरु भागे'

सिरहा– अमलेखगञ्जबाट विराटनगर डिजेल लिएर जाँदै गरेको ट्यांकर अपहरणमा परेको छ। आइतबार राति पूर्वपश्चिम राजमार्गको लहान–४ को हुलाक कार्यालय अगाडीबाट बाट ना ४ ख ४१६३ नम्बरको ट्यांकरलाई अज्ञात समूहले अपहरण गरेका हुन्। ट्यांकरसँगै सो समूहले चालक र सहचालकलाई समेत लगेका थिए।

हुलाक नजिक ट्यांकर रोकेर चालक र सहचालक विश्राम गर्दा चार, पाँच जनाको समूहमा आएर लगेको चालक रामदेव यादवले प्रहरीलाई बयान दिएका छन्।

‘यो ट्यांकर उग्रचण्डी पेट्रोल पम्पको हो भनेर सोधे। मैले हो भनें। अनि उनीहरुले बर्दिबासतिर लगे। बर्दिबासमा मलाई ओरालेर उनीहरु ट्यांकर लिएर भागे’ चालक यादवले प्रहरीसँग बयान भने। चालकले प्रहरीसँग दिएकाे बयान अनुसार २० हजार लिटर डिजेल रहेकाे थियाे।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार पेट्रोल पम्पका साहुले सोमबार राति फोन गरे ट्यांकर हराएको सूचना दिएका थिए। त्यसलगत्तै मंगलबार विहान चालक प्रहरी सम्पर्कमा आएका थिए। मंगलबार दिनभर चालकलाई लिएर प्रहरीले खोजीकार्य जारी राखेको छ।

प्रकाशित: ३ मंसिर २०७६ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App