७ वैशाख २०८१ शुक्रबार
समाज

एचआइभी एड्स रोगमा बिद्यार्थीको चासो

बर्दिया - स्थानीय विद्यालयको  कक्षा १० मा अध्यनरत निरु साही एचआईभि एड्सको बारेमा जान्न ईच्छुक थिइन्। गुलरियामा सहयोगी हात नेपाले संचालन गरेको  एक दिने कक्षामा शनिबार उनी  सहभागि भइन्।

एड्स र एचआईभी भनेको  डर लाग्दो रोग हो भन्ने मानिसिकता बोकिकि उनी रोग बारे दिईएको एक दिने कक्षामा धेरै कुरामा छर्लङ्ग भइन् । कसरी रोग सर्छ भन्ने कुरामा ज्ञान लिएकी उनले यसको व्यापक सचेतना जरुरी रहको उनले औल्याइन। ‘रोगीसँग बस्दा रोग सर्छ भन्ने सोचेकी थिए,आफ्नै गल्तीले मात्र हैन अर्के अर्के कारणले रोग सर्दो रहेछ’उनले आश्चर्य मान्दै भनिन्।

आफ्नै गल्तीले मात्र रोग लाग्छ ठानेकी उनले  विभिन्न कारणले रोग सर्ने रहेछ भन्ने थाहा पाउँदा जिज्ञासु बनेको जिल्ला स्वास्थ्यका काार्यालयका स्वास्थ्यकर्मी राम गोपाल चौधरीले बताए । उनी मात्र हैन एचआइभी एड्स सम्बन्धी कक्षामा सहभागी अधिकांश विद्यार्थीले यस बिषयमा चासो देखाएको उनले बताए ।

‘एड्स भन्ने बित्तिकै समाजमा नराम्रो तरिकाले रोगिलाई हेर्ने चलन छ ’उनले भने,‘समाजले गर्ने घृणित व्यवहारले रोगी चाडै मर्न बाध्य हुन्छ ।’ यस रोगको बारेमा व्यापक रुपमा सचेत गर्न सक्ने रोगीको संख्या नियन्त्रण हुने उनको भनाइ छ । जिल्ला खुला सिमानाका कारण यस रोगको उल्लेख्य रुपमा संक्रमण बढेको सहयोग हात नेपालका कार्यक्रम संयोजक दुर्गा आर्चायाले बताए ।

‘हामीले रोगीलाई संरक्षण दिने,निशुल्क उपचार गर्ने,आम मानिसलाई सचेतना कार्यक्रम मार्फत जानकारी गराउँछाैँ, ’उनले भने,‘जसले गर्दा लुकेर बसेका बिरामी पनि हाम्रो सम्र्पक आएर लामो जिवन बाचिरहनु भएको छ ।’  पछिल्लो समय स्कुले बिद्यार्थी मार्फत घर घरमै सचेतना पुराउँने उदेश्यले कार्यक्रम गरिरहेको उनले बताए । उक्त संस्थाले निशुल्क रुपमा होस्टलमा राखेर  उपचार गरिरहेको छ। बाहिर खुलेका बिरामी घरबाटै उपचार सेवा लिएका  छन भने खुल्न नसकेका बिरामी यस सस्थाबाट लाभान्वित भईरहेको रेकर्डमा देखिन्छ ।

यस संस्थाले गाउँ र घर दैलोमा सचेतना प्रदान गर्न अध्यारो बस्ती टेलि फिल्म निर्माण गरेको थियो । उक्त फिल्म के कस्ता कमजारीले रोगको संक्रमण सर्ने,यदि रोग लागिहालेपनि लामो जिवन बाच्न सकिने फिल्मको कथा बस्तुमा प्रथामिकता साथ समेटेको छ। दुखी गरिब नै सचेतना दिन नसक्दा यस रोगका रोगी बढिरहेको गुलरिया नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बताए ।‘बैदेशिक रोजगारीका हिड्ने यूवा नै यो रोगमा फस्न सक्ने जोखिम छ’उनले भने,‘बिद्यार्थी नै सेचत भए अभिभावक लाई आफै सचेत गर्न सक्छन ।’ सहयोगि हात नेपालका यो अभियान प्रभावकारी भएको उनले बताए ।

उनका अनुसार बिद्यार्थीका सिकेको ज्ञान पनि सहज रुपमा घर दैलोमा पराउँने सहज हुने छ । जिल्लाको ८ वटा स्थानीय तहमा ७५ वडा छ । खुला सिमाका कारण करिब करिब जिल्लाको सबै वडाको बासीन्दाको भारतीय वजारमा  सहज पहुँच छ । जसले गर्दा एचआईभि एड्स जस्तो अतिसंबेदनशिल रोगमा सचेतनाको जरुरी भएको गुलरिया नगरपालिका –५ कि वडा अध्यक्ष साबित्रा गौतमले बताइन।

‘महिला,पुरष र बाल बालिका सबैलाई यस रोगको बारेमा सचेत हुन जरुरी छ’उनले भनिन,‘बिद्यार्थी मार्फत नै यस्ता किसिमका सचेतना घर सम्म पुग्छ ।’यस संस्थाले यस रोगको सचेत गराईरहेको कारण गुलरिया नगरपालिका ५ नम्बर वडाले सहकार्य  गरेको उनले जानकारी दिइन्।

प्रकाशित: २ मंसिर २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App