coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इन्जिनियरसँग मेयरले गरे स्मार्ट सीटीको चर्चा

काठमाडौं– इन्जिनियरिङ पेशामा देखिएको समस्या, चुनौती तथा अनुसन्धानका विषयमा काठमाडौं इन्जिनियरिङ्ग कलेजले छलफल गरेको छ। सेमिनारमा विषयतग विज्ञ, विद्यार्थी तथा यस क्षेत्रका सम्बन्धित व्यक्तिहरु उपस्थित रहेका थिए। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले स्मार्ट सिटीको चर्चा गरे। उनले १ हजार वर्ष अघिको प्रशंग कोट्याउँदै वर्षै अघि देखि नेपालले स्मार्ट सिटीको अवधारणा अवलम्बन गरेको जनकारी गराए।

‘प्रत्येक घरमा एउटा चोक हुन्थ्यो, व्यक्तिगत र सामुहिक कार्यक्रम गर्ने स्थान थिए’ उनले पुस्ताका योगदान स्मरण गर्दै भने, ‘बरु अहिले हामीले राम्रोसंग काम गर्न सकेका छैनौ।’ नगर प्रमुख महर्जनले भवन निर्माण गर्दा नक्सा पासदेखि नै कडाई गर्ने जनाए।

कार्यक्रममा प्राध्यापक तथ उर्जा विज्ञहरुले आ–आफ्नो धारण राखेका थिए। उनीहरुले इन्जिनियरिङ पेशामा जागिर खाने सोच हावी भएको तर्क गरे। विज्ञहरुले केही नयाँ गर्ने सोचले यस पेशामा आउन नयाँ विद्यार्थीहरुलाई आग्रह गरे। कार्यक्रममा कम्यूटर सम्बन्धी ५ ओटा, सिभिल सम्बन्धी ४ ओटा र इलेक्ट्रिकल सम्बन्धी ५ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

 

प्रकाशित: १ मंसिर २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App