coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ– ट्र्याक्टर दुर्घटनामा खोटाङमा चालकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिकाको जयरामबाट डिजेल बोकेर ऐसेलुखर्क गाउँपालिकातर्फ जाँदै गरेको स १ त ५७३५ नम्बरको ट्र्याक्टर रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको देउरालीमा पल्टिँदा सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ जुवुका १८ वर्षीय चालक निङमा तामाङको मृत्यु भएको हो।

शनिबार सडकबाट करिब २ सय मिटर तल ट्र्याक्टर खस्दा गम्भीर घाईते भएका चालक तामाङलाई उपचारकालागि हलेसीतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

मृतकको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७६ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App