१८ जेष्ठ २०७७ आइतबार
समाज

आम्चीका भरमा उपचार

काठमाडाैँ – भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची ९लामाको औषधि० का भरमा उपचार गर्न बाध्य छन् । वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने गरेको स्थानीयवासीले बताएका छन् ।

उपल्लो डोल्पामा बसोबास गर्ने आम्ची (गुम्बाका लामा)ले जङ्गलबाट ल्याएको जडीबुटीलाई औषधि बनाएर प्रयोग गरी स्थानीयवासीको उपचार गर्दै आएका छन् । भूगोलका हिसाबले नेपालकै ठूलो जिल्ला भए पनि सेवा र सुविधाका हिसाबले यहाँको जनजीवन निकै कष्टकर छ । उपल्लो डोल्पामा रहेका स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा नहुँदा आम्चीले बनाएको औषधिका भरमा यहाँका बिरामीको उपचार हुँदै आएको स्थानीयवासीको गुनासो छ ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा अत्यधिक चिसो हुनुका साथै विकेन्द्रीकरण बसाइँका कारण सबैको पहुँचमा स्वास्थ्य सेवा पु-याउन नसकेको स्थानीय तहले बताउँदै आएका छन् । डोल्पोबुद्धका वडा नं ५ र ६ का वडामा वार्षिक एकपटक मात्र औषधि पुग्ने गरेको सिमेन्टकी डयाङा लामाले दुखेको पोखे ।

उनले भने, “गाउँपालिकाको १ नं धोमा स्वास्थ्यचौकी छ, सिमेन्ट र तिन्जेमा स्वास्थ्य संस्था छैन, सामान्य टाउको, रुघाखोकी लाग्दा पनि औषधि नहुँदा स्थानीयवासी आम्चीसम्म पुगेर उपचार गर्छन् ।” नजिक स्वास्थ्य संस्था नहुनु र दैनिक आम्ची हुने ठाउँमा गएर उपचार गराउन यहाँका स्थानीयवासी आम्चीलाई भगवान्सहर मान्दै आएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा मात्र होइन, हरेक कुराले दैनिक पिरोलेको डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्बो थापा भोटेले बताए। उनले भने, “धो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी छैनन्, स्वास्थ्यकर्मी समायोज भएर बाहिर गएपछि समस्या भएको हो ।” स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधिसमेत नहुँदा आम्चीका भर पर्नुपर्ने बाध्यता उपल्लो डोल्पावासीका लागि बाध्यता हो ।

सिसोलका आम्चीले भन्नुभयो, “बिरामी हुनेबित्तिकै गाउँलेहरु बिरामी लिएर आउँछन्, जानेबुझेको औषधि गरेर पठाउँछौँ ।” अहिले उपल्लो डोल्पामा चिसो बढेर हिमपात सुरु हुन थालेकाले सात ठाउँका प्रहरी चौकी सदरमुकाम दुनै सारिएका छन् भने विद्यालयसमेत बन्द छन् । गर्मी मौसम सुरु नभएसम्मका लागि यहाँ कुनै पनि गतिविधि नहुने देखिन्छ । तल्लो डोल्पाबाट आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पाका स्थानीयवासी कोहीँ त्यहाँ बसेका छन् भने कोही जाजरकोट, नेपालगञ्ज, काठमाडौँ र सुर्खेत आइसकेका काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायले बताए ।

प्रकाशित: ३० कार्तिक २०७६ १६:४३ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App