८ वैशाख २०८१ शनिबार
समाज

आलम पूर्पक्षका लागि थुनामा

रौतहट-  राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा  राख्न आदेश दिएका हुन्।

वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८  जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए।

आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको थियो। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए। पछिल्लो पटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ परेको थियो।

 

प्रकाशित: २९ कार्तिक २०७६ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App