coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केसीलाई लैजान डडेल्धुरामा हेलिकप्टरः आन्दोलन चर्कियो

डडेल्धुरा– आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले कुनै कुराकानी नै नगरी डडेल्धुराबाट लैजाने प्रयास गरेको छ। उनलाई यहाँबाट लैजान हेलिकप्टर आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई शुक्रबारदेखि डडेल्धुरा अस्पतालमा राखिएको छ। अस्पतालमा जनशक्तिः अभाव र आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि केसीको उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बुझिएको छ।

डा केसीलाई यहाँबाट लैजान हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा अवतरण गरिएको छ। केसीलाई काठमाडौं लैजाने तयारी भएपछि अस्पताल बाहिर आन्दोलनले उग्र रुप लिएको छ। नागरिक समाज डडेल्धुराको अगुवाईमा जारी प्रदर्शन आन्दोलनले उग्र रुप लिएको हो। आठ दिनसम्म सरकारले उदासिनता देखाई एक्कासी उन कुनै जानकारी सम्म नदिई अपहरण शैलीमा लैजान खोजिएको भन्दै डडेल्धुरामा बिहानैदेखि सडकसमेत बन्द गरिएको छ।

बन्दका कारण डडेल्धुरा भए र सञ्चालन हुने बैतडी, बझाङ्ग, दार्चुलालगायत जिल्लाबाट डोटी, अछाम, बाजुरा जिल्लामा सञ्चालन हुने सवारीका साधान ठप्प छन्। आठ दिनदेखि अनशनरत डाक्टर केसीले चिकित्सा क्षेत्रका विभिन्न सात वटा माग राख्दै कार्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका थिए। डडेल्धुरा वा डोटीमा सरकारी मेडिकल कजेल स्थापना र रिक्त रहेका अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी पठाउनुपर्ने माग पनि भएकाले डडेल्धुरालगायत सुदूरपश्चिमवासीले उनको मागमा समर्थन जनाउँदै आन्दोलन लाई चर्काएका छन्। 

केसीका मागमा कुनै प्रतिक्रिया नै नजनाई सरकारले खेलौना बनाएको भन्दै आन्दोलत स्थानीयले आक्रोश पोखेका छन्। माग पुरा गराउनेतर्फ उदाशिनता देखाई सरकारले जबरजस्ति गर्न खाजेको आरोप स्थानीयको छ। सरकारले गर्न नसक्ने माग केसीले राखेका छन्। आन्दोलनका अगुवा नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम संयोजक प्रकाश साउदले भने, ‘चिकित्सा बिधेयक आएको छ। त्यसमा केसीसँग भएका सम्झौता भएका बुँदा उल्लेख गरिनुपर्छ। डडेल्धुरा अस्पतालसँग मेडिकल कजेलका लागी पर्याप्त जानी र भौतिक संरचना छ। सरकारले एक मिनेटमा निर्णय गर्न सक्छ। त्यो गर्नु प¥यो। अनि अस्पतालमा दरबन्दि मात्रै तोक्ने। चिकित्सक पठाउन नसक्ने। त्यो त जिम्मेवारी होनी सरकारको। यसका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था हाम्रो देशमा छ।

केसीमा समर्थनमा आन्दोलित स्थानीयहरुले स्थानिय सरकारप्रति पनि गुनासो पोखेका छन्। अरु समयमा स्थानीय सरकार प्रमुख भनेर छाटी ठोक्ने आवश्यक पर्दा दुलोमा पसेको स्थानीयको आरोप छ। स्थानीयवासीलाई सबै सेवा सरल समान पहुँचमा पु¥याउनु स्थानीय सरकारको जिम्मेवारी हो। डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष जगत ऐरले भने, तर यहा मेडिकल कलेज स्थापना, दरबन्दि अनुसारका चिकित्सक हुनुपर्ने माग राखी केसी अनसनमा छन्। स्थानीयले समर्थन जनाएका छन्। तर यहाँका स्थानीय सरकार प्रमुख, जनप्रतिनिधी खै कता लेकेका छन्। कुनै वास्ता छैन्। यसको मुल्यांकन पनि स्थानीयले चाँडै गर्ने उनको भनाई छ। 

स्थानीय सरकारसमेत बहिस्कार गर्ने तयारी डडेल्धुरावासीले थालेका छन्। स्थानीयवासीका हितका माग राखी केसी अनसनमा भए पनि स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधीहरुले सकरात्मक भुमिका निर्वाह गर्नपछि हटेको भन्दै स्थानीयले सरकारलाई बहिस्कार गर्ने तयारी थालेका हुन्।

उपचार हुन सक्दैन भनी यहाँबाट अपहरण शैलीमा केसी लाई लैजानु सरकारका लागी लज्जास्पद भएको डाक्टर सोसाईटी अफ नेपालका महासचिव तोसिमा कार्कीले बताइन्। ‘यहाँका स्थानीयले उपचार पाउन भन्ने इच्छा केसीको हो। यस कारण उहाँ अनसनमा हुनुहुन्छ। उहाको उपचार भन्दा पनि स्थानीयले उपचार पाउन भन्ने उद्देश्यले अनसनमा भएकाले उहका माग पुरा गरी सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ।’ 

अनसनरत डा केसीको माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा असपतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न भन्दै डाक्टर सोसाईटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App