coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'पुर्खाको नासो, जनताको हक'

काठमाडौँमा - 'अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ। शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट  मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो। अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको हो।

उनीहरुले ‘टुँडिखेल कसको विर्ता रु अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा  विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक  अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।  भुकम्पपछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामंचको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाई प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुदै आएको छ। यसरि खुलामंच अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन्।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो। खुलामंचलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ।

खुलामंचमा वीर अस्पतालको स्टोररुमदेखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ।  यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन्।

तस्बिरः डा. बाबुराम भट्रटराइकाे फेसबुकबाट

प्रकाशित: २३ कार्तिक २०७६ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App