१६ चैत्र २०८० शुक्रबार
समाज

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भरतपुर- चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: २३ कार्तिक २०७६ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App