८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीको सत्याग्रहलाई समर्थन गर्दै डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा- चिकित्सा क्षेत्रको सुधारका माग राख्दै पाँचदेखि आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ। नागरिक समाज डडेल्धुराको अगुवाईमा शुक्रबार डा केसीका माग पुरा गर भन्ने नारा लगाउँदै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको हो।

बागबजारको बस पार्कदेखि डा केसीका माग पुरा गर, डा केसी अघि बढ्, डडेल्धुराबासी तपाइँको साथमा छन्, डडेल्धुरामा मेडिकल कलेज स्थापनाको निर्णय गर, अस्पतालका दरबन्दी पुर्ती गर, डा केसीको जीवन रक्षा गर भन्ने नारा लगाउम्दै दर्जन बढी पेसागत एवं व्यवसायिक संघ संस्स्थाका प्रमुख प्रतिनिधी र स्थानीयहरुले जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्।

चिकित्सा स्वास्थ्य शिक्षा क्षेत्र सुधार, सुलभ स्वास्थ्य उपचार तथा सुशासन कायमका लागि १७ औँ पटक आमरण अनसनमा रहेको सत्याग्रही डा केसीका आन्दोलन प्रति  नागरिक समाज, पेशागत एवं व्यवसायीक संघ संस्थाहरु र आम स्थानियबासीको गम्भीर ध्यानाकर्षणसँगै उनले राखेका मागहरु लाई यथाशिघ्र सम्बोधनका लागि डडेल्धुरावासी जन समुदायको तर्फ बाट नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री ज्युलाई हार्दिक आग्रहका साथै ज्ञापन पत्र बुझाएको उल्लेख छ।

स्वास्थ्य अवस्था प्रतिकुल हुदै गएका डा केसीका सबै मागहरु न्यायोचित रहेकाले उहाको जीवन रक्षा गर्नु राज्यको दायित्व स्मरण गराउँदै नेपाली जनताको हितमा रहेकाले उनीसँग गरिएका सहमति कार्यान्यन गर्न जोडदार मागसहित ज्ञापनपत्र बुझाईएको जनाईएको छ।

डा केसीले सरकारसँग राखेका माग जायज भएको जनाउँदै डडेल्धुराबासीले माग पुरा गराउन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापपत्र पठाएको नागरिक समाज डडेल्धुरा संयोजक रमेशप्रशाद जोशीले बताए।

डा केसीले आमरण अनसाल थालेको शुक्रबार पाँच दिन पुगेको छ। उनको आमरण अनसनबारे गृहमन्त्रालयमा खबर गरेको भए पनि पाँच दिनसम्म सरकारका तर्फबाट आधिकारिक रुपमा कुनै पनि खबर जानकारी नभएको प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले बताए। ‘डा केसीले सत्याग्रह थालेको लिनदेखि दैनिक रुपमा जिल्लामा भईरहेका सबै गतिबिधीबारे मैलें माथि जानकारी दिदै आएको छ’ प्रजिअ पौडेलले भने, ‘तर यस बिषयमा सरकारका तर्फबाट आधिकारिक रुपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन्।’

प्रकाशित: २२ कार्तिक २०७६ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App