खोटाङ– खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा एक दर्शनार्थीले एक तोला सुन चढाएका छन्। सिद्धिचरण नगरपालिका–१२ ओखलढुंगाका चक्रबहादुर राईले आईतबार हलेसीमा बैद्धिक विधि अनुसार पुजाआजा गर्दै एक तोला सुन चढाएका हुन्।
छोरा अशोक राईले कोरिया जानुअघि भाकल गरे अनुशार राई परिवारले हलेसी महादेवको नाममा सुन चढाएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। कोरिया जानअघि भाकल गरेका अशोकले केही समयअघि कोरिया पुगेर पहिलो महिनाको तलव पठाएपछि भाकल पुरा गरेको राई परिवारले बताएका छन्। सुन चढाउनका लागि अशोकका बाबुआमालगायतका आफन्तको टोली हलेसी आएका थिए।
हलेसीमा २०७५ साल असार १ गतेदेखि गत साउन ३१ गतेसम्ममा ११.५७ ग्राम सुन चढाइएकामा एकै परिवारबाट एक तोला सुन चढाइएको हो। तोला सुन चढाइएपछि यसको संरक्षण र सदुपयोगका विषयमा चर्चा सुरु भएको छ । २०७५ साल असार १ गतेदेखि गत साउन ३१ गतेको अवधिमा हलेसीमा दर्शनार्थीले ९२ तोला ८९ लाल चाँदी चढाएको हलेसी सुचना केन्द्रले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०७६ ११:१७ आइतबार