८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट पूर्वसांसदको मृत्यु

धनुषा – धनुषामा यात्रुवाहक बसको ठक्करबाट एक पूर्वसांसदको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका–१ धुमासन निवासी पूर्वसांसद रामलखन महतोको बसको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको हो ।

साइकलमा महेन्द्रनगरबाट घर जानेक्रममा जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पर्ने नक्साझीजमा बसले ठक्कर दिँदा ६५ वर्षीय पूर्वसांसद महतोको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । मृतक पूर्वसांसद महतो वि.सं २०५१ सालको मध्यावधि चुनावमा तत्कालीन नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित: १६ कार्तिक २०७६ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App