७ वैशाख २०८१ शुक्रबार
समाज

बस दुर्घटनामा ३५ घाइते, ४ जनाको अवस्था गम्भीर

डोटी - केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनिबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो।

बस सडकबाट सेती नदीको बगरमा खसेको छ।दुर्घटनामा परी ३५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले जानकारी दिए। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाए।

घाइतेहरुको दिपायलस्थित सुजंग, चोपडा र शैलेश्वरी अस्पताल प्रारम्भिक उपचार भईरहेको छ। गम्भिर घाईतेहरुलाई रेफर गरेर पठाउने तयारी भईरहेको छ।  
 

प्रकाशित: १६ कार्तिक २०७६ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App