१५ चैत्र २०८० बिहीबार
समाज

बलम्बुबाट ८ जुवाडे पक्राउ

काठमाडौं– महागनरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरु जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

बुधबार राती सवा १० बजे चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा दुरसञ्चार पछाडीको चन्द्रागिरी कटेजमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गुल्मी चारपाला गाउँपालिका–६ घर भई काठमाण्डौ चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्ने वर्ष वर्ष ४३ को मुकेश थापा सहित ८ जना रहेका छन्।

जुवाडेको साथबाट नगद २ लाख २० हजार ६ सय ५ रूपैयाँ, १ बुक तास र १६ वटा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी कार्यालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

 

प्रकाशित: १४ कार्तिक २०७६ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App