६ वैशाख २०८१ बिहीबार
समाज

सडेको अवस्थामा शव फेला

दुलेगौँडा(तनहुँ)– सेती नदीमा सडेको अवस्थामा शव फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा पुरुष जस्तो देखिने शव फेला परेको हो। 

नदीले बगाएर ल्याएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले शनिबार दिउँसो नदीबाट शव निकालेको छ। 

शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको प्रहरी निरीक्षक सरोज गिरी बताउँछन्। ‘कंकाल मात्र छ’, उनी भन्छन्, ‘पुरुषको जस्तो देखिन्छ। अरु पहिचान गर्न सक्ने अवस्थामा छैन।’ 

प्रकाशित: १० कार्तिक २०७६ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App