coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितुवाको छालासहित दुई जना पक्राउ

रुकुम– रुकुम पश्चिममा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्लाको मुसीकोट नगरपालिका ७ बैरीदहबाट दुई युवालाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ का अर्जुन बुढा भनिने छाया विक र दाङको घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय गणेश नेपालीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो। 

शुक्रबार रुकुम पूर्वबाट मध्यपहाडी लोकमार्ग हुँदै रुकुम पश्चिमको खलंगातर्फ आइरहेका उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए। पक्राउ परेकाहरुलाई शनिबार सार्वजनिक गरिएको हो। 

उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ। तर अहिले कार्यालय बन्द भएकाले प्रहरी हिरासतमा राखिएको छ।

प्रकाशित: ९ कार्तिक २०७६ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App