१६ चैत्र २०८० शुक्रबार
समाज

पटाका विष्फोट हुँदा ४ घाइते

भैरहवा– नेपाल ल्याउँदै गरेको पटाका विष्फोट हुँदा ४ जना घाइते भएका छन्। रुपन्देहीको लुम्बिनी सास्ंकृतिक नगरपालिका ३, पडरियामा भारत तर्फबाट मोटरसाइकलमा अबैध रुपमा पटाका ल्याउदै गर्दा विष्फोट भएको हो।

लु २० प १५ नम्बरको मोटरसाइकलमा मुख्य नाका छली भित्री बाटोबाट नेपाल प्रवेश गरेका चालक रुपन्देही गैडहवा–७ बस्ने वर्ष ३० का अशोक यादवसहित अन्य ३ जना घाइते भएका छन्। व्यवसायिक हिसाबले बेचबिखनका लागि बोरामा लुकाएर नेपाल ल्याउँदै गर्दा राती मोटरसाइकलको साइलेन्सरमा तातेर विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए।

भारतिय नाका ककरहवाबाट मोटरसाइकलमै १ बोरा जुत्ता चप्पलसहित उक्त पटाका जन्य सामान राखेर नेपाल ल्याउँदै गर्दा मोटरसाइकलको साइलेन्सरमा छुँदा उक्त विष्फोट भएको छ, जसबाट पैदलयात्री लुसनपा ३ बस्ने ७० वर्षीय गुलरही मुसलमान, सोही ठाँउ बस्ने वर्ष २३ का धमेन्द्र भुज र परिचय नखुलेको ४० वर्षीय महिलालाई चोट लागेको प्रहरी कार्यालयले जनाएको छ।

घाइते भएका चालक यादवको  दुबै खुट्टामा चोट लागि गम्भीर घाइते भएका छन् भने पैदलयात्री मुसलमानको खुट्टा र मुखमा चोट लागि मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यस्तै घाइते भुज र महिलाको उपचार भारत तर्फ भइरहेको छ। उनीहरुको हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७६ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App