८ वैशाख २०८१ शनिबार
समाज

रोल्पाबाट सुरुभएको ‘लोकवार्ता सम्मेलन’ प्युठानमा सकिँदै

लोकवार्ता परिषद नेपालको नवौं सम्मेलन उद्घाटन कार्यक्रम। फोटो: दिनेश/नागरिक

रोल्पा - रोल्पामा लोकवार्ता परिषद नेपालको ४ दिने नवौं सम्मेलन चलिरहेको छ। कार्तिक ४ गतेदेखि सदरमुकाम लिवाङबाट सुरु भएको उक्त कार्यक्रम रोल्पाका विभिन्न स्थान हुँदै ७ गते प्युठानको स्वर्गद्धारीमा पुगेर समापन हुनेछ। पहिलो दिन टुडिखेलमा औपचारिक उद्घाटन गर्दै सुरु भएको सम्मेलनमा सोहि दिन उद्योग बाणिज्य संघको हलमा विभिन्न २३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो।

लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष प्रा. डा. प्रेमकुमार खत्री, प्रा. डा. चुडामण्ािि बन्धु, प्रा. डा. मोतिलाल पराजुली, डा. टिकाराम उदासी, डा. भक्त राई, डा. कान्छी महर्जन, प्रा. डा.धनेश्वर नेपाल, डा. गोबिन्द आचार्य, प्रा. डा.कपिल लामिछाने, डा. कुलराज निरौला, सस्कृतीविद् बमकुमारी बुढा लगायत करिब ५ दर्जनले कार्यपत्र प्रस्तुत गर्ने योजना रहेको आयोजकले बताएको छ।

रोल्पा सदरमुकाम लगायत परिवर्तन गाउँपालिकाको पुत्लाचौर, माडी गाउँपालिकाको घर्तीगाउँ, त्रिबेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिकाको होलेरी हुँदै प्युठानको स्वर्गद्धारीमा पुगेर सम्मेलनको औपचारिक समापन गरिने छ।

आयोजकका अनुसार विभिन्न स्थानमा प्रस्तुत गरिएका कार्यपत्रहरु समेटेर दस्तावेजसहितको पुस्तक समेत प्रकासन गरिने छ। लोकबार्ता परिषद नेपालले देशका बिभिन्न स्थान विशेषका लोक कला, सस्कृति, भाषा, धर्म लगायतका विषयमा खोज अनुसन्धान गर्ने गर्दछ।

प्रकाशित: ७ कार्तिक २०७६ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App